गृहपृष्ठ नबिल बैंक बेलायतको ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स’द्वारा पुरस्कृत

नबिल बैंक बेलायतको ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स’द्वारा पुरस्कृत

nabil bank

बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’को रूपमा पुरस्कृत गरेको छ । समग्र बैकिङ कार्यसम्पादन मूल्या‌ंकनमा उत्कृष्ट ठहरिएपछि युरोमनीले नबिललाई पुरस्कृत गरेको हो ।

समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशअनुरूप बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । सन् १९९२ मा स्थापना भएको ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स’ अवार्डलाई बैंकिङ क्षेत्रको एक प्रतिष्ठित पुरस्कारको रुपमा लिइन्छ । यो अवार्ड प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गरिन्छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिलले नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु