गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनकाे मूल्यमा प्रतितोला ४०० रूपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ रूपैयाँले घटेर एक हजार ३४५ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु