गृहपृष्ठ हुम्लाका स्थानीय तहले पनि गत वर्ष सबै बजेट खर्च गर्न सकेनन्

हुम्लाका स्थानीय तहले पनि गत वर्ष सबै बजेट खर्च गर्न सकेनन्

हुम्लाका स्थानीय तहले पनि गत वर्षका लागि विनियोजन भएको सबै बजेट खर्च गर्न नसकेको  पाइएको छ । कर्णाली प्रदेश सरकारले अन्तरसरकारी अख्तियारीअन्तर्गत हुम्लाका लागि गत वर्ष २०७६/०७७ मा उपलब्ध गराएको चालू र पुँजीगततर्फको बजेटमध्ये औसत ६६.३७ प्रतिशत बजेटमात्र खर्च गरेका हुन् ।

हुम्लाका सात स्थानीय तहले चालूतर्फ ६५ करोड ६४ लाख २ हजार ८३ र पुँजीगततर्फ १ अर्ब ३६ करोड ६५ लाख ८३ हजार ५७८ रुपैयाँ बजेट प्राप्त गरेका हुन् । सातै स्थानीय तहहरूले चालूतर्फ ४९ करोड ९३ लाख ७२ हजार २१८ रुपैयाँ खर्च गरेका छन् भने पुँजीगततर्फ ८६ करोड ३२ लाख ३ हजार ९६१ रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको बजेटमा चालूतर्फ ७३.०३ प्रतिशत र पुँजीगततर्फ ६३.१७ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नरेशरा भट्टले जानकारी दिए । उनका अनुसार औसत बजेट खर्च ६६.३७ प्रतिशत हो ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु