गृहपृष्ठ सुनको मूल्य १७ सय घट्यो
सुनको मूल्य १७ सय घट्यो
केही दिन अघिसम्मको तुलनामा सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ । यसअघि दुईचार सय रूपैयाँ मात्र घटबढ भइरहेको सुनको मूल्यमा मंगलबार १ हजार ७ सय रूपैयाँ गिरावट आएको छ ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज नेपाली बजारमा चाँदीकाे मूल्य पनि उल्लेख्य घटेकाे छ । प्रतितोला ९० रुपैयाँ मूल्य घटेर आज चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:०७ बजे

















