गृहपृष्ठ सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

मंगलबार ह्वात्तै घटेको सुनको मूल्य बुधबार भने सामान्य वृद्धि भएको छ । बुधबार सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य केही सातायताकै उच्च ३ हजार ४ सय रुपैयाँले घटेको थियो । आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबारको लागि प्रतितोला ९४ हजार ४ सय कायम भएको हो ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु