गृहपृष्ठ फुडमाण्डुको १०औं वार्षिकोत्सव

फुडमाण्डुको १०औं वार्षिकोत्सव

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले १० औं वार्षिकोत्सवको मनाइरहेको छ । आफ्नो १० औं वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिनसम्म सहकार्य गर्ने जनाएको छ ।

सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टिक, कटन मिल्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवाजस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् । जसअन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीमार्फत् फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सरप्राइज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ एण्ड सेल्स प्रमुख श्यामरत्न मालीले जानकारी गराए । त्यस्तै, खानेकुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटर्फममार्फत् अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले भने, ‘नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृद्धि हुने पनि आशा लिएका छौं,’ कम्पनीले यस अवस पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ । जसअन्तर्गत २५ भन्दा बढी रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआइसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५०० रूपैयाँसम्म क्यास ब्याक दिनेछ । यसका साथै कम्पनीले फुडमाण्डू फ्रेस अफिसियल लोगो सार्वजनिक गरेको छ । फुडमाण्डु फ्रेसले फ्रेस ग्रोसरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु