गृहपृष्ठ बुधवार सय रुपैयाँले घट्यो सुनको मूल्य
बुधवार सय रुपैयाँले घट्यो सुनको मूल्य
गत शुक्रबारदेखि हिजो मंगलबारसम्म शुक्रबार तोकिएकै मूल्यमा कारोबार हुँदै आइरहेको सुनचाँदीको नयाँ मूल्य आज बुधवार तोकिएको छ ।
बुधवार सुनको मूल्य एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार ९४ हजार ७ सय रुपैयाँ कायम भएको तेजावी सुन बुधवार ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय १२:२४ बजे

















