गृहपृष्ठ प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

फाइल तस्बिर ।

नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङसँग भेटवार्ता गरेपछि ओली राष्ट्रपतिलाई भेट्न गएका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए । सम्भावित नेकपा संकट टार्न राष्ट्रपतिले निरन्तर राजनीतिक भेटघाट जारी राखेकी छन् । उनले मंगलबार नै नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी थिइन् । नेकपाभित्रको विवाद बढेसँगै चिनियाँ राजदूत होउ यान्छीसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा दुई घन्टा भेटवार्ता गरेका थिए ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु