गृहपृष्ठ तीन दिनपछि बढ्यो सुनको मूल्य

तीन दिनपछि बढ्यो सुनको मूल्य

बुधबारयता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार भने सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य ३ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।

शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ९३ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु