गृहपृष्ठ बुधबार १ हजारले घट्यो सुनको मूल्य
बुधबार १ हजारले घट्यो सुनको मूल्य
दुई दिनयता सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रममा छ । मंगलबार १ हजार ८ सयले घटेको सुन आज बुधबार पनि १ हजारले ओरालो लागेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ थियो । बुधवार चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:१२ बजे

















