गृहपृष्ठ सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर
दुई दिनसम्म लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपयाँमा कारोबार भएको थियो । आज बिहीबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा मंगलबार १ हजार ८ सय र बुधबार १ हजारले सुनको मूल्य घटेको थियो । आज तेजावी सुन बुधबारकै मूल्य अर्थात् प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:२८ बजे

















