गृहपृष्ठ दुई दिनमा १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

दुई दिनमा १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

दुई दिनमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । मंगलबार ५ सयले बढेको सुनको मूल्य बुधबार पनि ५ सयले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार बुधबार तेजावी सुन ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदी ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु