गृहपृष्ठ नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना
नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना
नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । हिजोको बैठकमा विवाद भएपछि ओली आजको बैठकमा सहभागी नहुने नेकपा स्रोतले जनाएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न नहुने अडान राखेका ओलीविरुद्ध मंगलबारको बैठकमा सचिवालयका बहुसंख्यक सदस्य उभिएपछि उनले बैठक बहिष्कार नै गर्न लागेका हुन् । हिजोको बैठकमा अध्यक्षद्वयका प्रतिवेदनमा छलफल सुरु भएको छ ।
कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । अर्को सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुईवटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् ।
प्रकाशित समय ११:०३ बजे

















