गृहपृष्ठ आइतबार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

आइतबार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी शुक्रबारकै मूल्य अर्थात् १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु