गृहपृष्ठ एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी

एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेललाई सरकारले स्वामित्व हस्तान्तरणबापत ६० अर्ब कर निर्धारण गरेको छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा ठूला करदाता कार्यालयले एनसेलमाथि ६० अर्ब कर लगाउने निर्णय गरेको हो ।

पाँच वर्षअघि एनसेलको स्वामित्व टेलियासोनेराबाट मलेसियन कम्पनी आजियटाले लिएको थियो । स्वामित्व हस्तान्तरण हुँदा सरकारले पुँजीगत लाभकर लगाए पनि आयकर ऐनको दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तनबापत करिब ६० अर्ब प्रारम्भिक कर निर्धारण गरिएको ठूला करदाता कार्यालयले जनाएको समाचार हिमाल खबर पत्रिकाले लेखेको छ ।

कर निर्धारणको प्रारम्भिक जानकारी एनसेललाई पठाइसकिएको छ । कर निर्धारणबापतको रकम कार्यालयले एनसेलसँग असुल्नेछ ।  एनसेलले भने ठूला करदाता कार्यालयको कर निर्धारणको विरोधमा कानुनी प्रतिरक्षा गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

आयकर ऐनको दफा ५७ मा ‘कुनै निकायको तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले बहन गरेको दायित्व निःसर्ग गरेको मानिने’ व्यवस्था छ ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु