गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४४)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४४)
सम्भोगपश्चात् आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ?

१. विश्वको सबैभन्दा ठूलो टापु कुन हो ?
– ग्रिनल्यान्ड
२. संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?
– ह्वाङगो (चीन)
३. नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?
– हेटौँडा औद्योगिक क्षेत्र
४. डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिमा कहिले निर्वाचित भएका थिए ?
– २०६५ कात्तिक ३ गते
५. हलिउड चलचित्रमा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री को हुन् ?
– स्वेता लामिछाने
६. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
– इन्फ्रा रेड रे
७. कुन तत्वका कारण खुर्सानी पिरो हुन्छ ?
– क्याप्टाइसिन
८. चालकले मादक पदार्थ खाए/नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
– ब्रेथलाइजर
९. रेडियोका अविष्कारक को हुन् ?
– गुग्लिल्मो मार्कोनी
१०. सम्भोगपश्चात् आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ?
– माकुरो
११. पानीजहाज चालकलाई के भनिन्छ ?
– सि क्याप्टेन
१२. मोबाइल फोनमा प्रयोग गरिने सिम कार्डको पूरा रूप के हो ?
– सब्सक्राइबर आइडेन्टिफिकेसन मोडुल्स (Subscriber Identification Modules)
१३. संसारमा सबैभन्दा धेरै मानिसलाई रोजगारी दिने संस्थान कुन हो ?
– भारतीय रेल सेवा
१४. नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्ग नाका कुन हो ?
– सुनौली
१५. एक सेन्टिमिटर माटोको तह बन्न सामान्यतः कति समय लाग्छ ?
– करिब ४ सय वर्ष
१६. सबैभन्दा महँगो धातु कुन हो ?
– रेडियम
१७. उड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?
– चमेरो
१८. काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ?
– थिम्पु
१९. सुनको शुद्दता कुन एकाइमा नापिन्छ ?
– क्यारेट
२०. विश्वमा सबैभन्दा बढी हतियारको व्यापार गर्ने राष्ट्र कुन हो ?
– अमेरिका
प्रकाशित समय ११:४६ बजे