गृहपृष्ठ आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य
लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा दुई सय रूपैयाँ घटेको हो ।
आइतबार प्रतितोला ९१ हजार ८०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने ९१ हजार ६०० रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने ९१ हजार १०० मूल्य निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला एक हजार २३० मा कारोवार हुनेछ ।
प्रकाशित समय १२:४० बजे

















