गृहपृष्ठ उपभोक्ता ठग्ने १५ व्यवसायीलाई एकैदिन कारबाही, ६० हजार जरिवाना

उपभोक्ता ठग्ने १५ व्यवसायीलाई एकैदिन कारबाही, ६० हजार जरिवाना

फाइल तस्बिर

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने १५ व्यवसायीलाई एकैदिन कारबाही गरेको छ । विभागले दैनिक अनुगमन गर्ने क्रममा बिहीबार १५ व्यवसायीलाई कारबाही गरेको हो ।

विभागको कारबाहीमा पर्ने व्यवसायीमा काठमाडौँका कंचनजघा वेवी मिनरल वाटर एन्ड बेभरेज प्रालि, जय अम्बे सप्लायर्स प्रालि, थली लिकर सप्लायर्स, ओमराज इन्टरप्राइजेज, एमवी बेभरेज उद्योग, मोडेल इन्टरनेसनल ट्रेडिङ प्रालि, प्रतिमा एन्ड युजल स्टोर, रेवती स्टोर र कार्की स्टोर एन्ड ट्रेडर्स छन् । त्यस्तै ललितपुरका कविला सप्लायर्स सेन्टर, होम ट्रेडर्स, मेलम्ची खाद्य, जीएस ट्रेडर्स, नेपाल हार्डवेयर एन्ड सप्लायर्स प्रालि र राजेश हार्डवेयर प्रालि विभागको कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका १५ व्यवसायीमध्ये विभागले सात वटालाई ६० हजार जरिवाना तिराएको छ । जय अम्बे सप्लायर्स, थली लिकर सप्लायर्स, प्रतिमा एन्ड युजल स्टोर, रेवती स्टोर र कविला सप्लायर्सलाई १०/१० हजार तथा कार्की स्टोर एन्ड ट्रेडर्स र मोडेल इन्टरनेसनल ट्रेडिङलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेको हो ।

एमवी बेभरेज उद्योग, होम ट्रेडस र मेलम्ची खाद्य व्यवसायीलाई भने आवश्यक स्पष्टीकरण पेस गर्न बोलाएको विभागले जनाएको छ । अन्य व्यवसायीलाई विभागले ऐनअनुसार व्यवसाय गर्न निर्देशन दिएको छ । विभागले खान आयोग्य वा म्याद सकिएको १० हजार २१५ रुपैयाँबराबरको सामान तत्कालै नष्ट गरेको जनाएको छ ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु