गृहपृष्ठ नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा खेल क्षेत्रका लागि बढी रकम छुट्याइने बताएका छन् । प्रज्ञा भवनमा ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेजति धेरै प्रतियोगितामा भाग लिने र जित्ने गरी तयारी गर्नुपर्ने बताए ।

खेल क्षेत्रका व्यक्तिहरु, खेलाडीहरु तथा खेल क्षेत्रमा रुचि भएका व्यक्तिहरु उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले खर्चको कमी छ भनेर खेलकुद प्रतियोगिताहरुमा सहभागिता नहुने अवस्था नरहने बताए । यो वर्ष कोरोनाका कारण खेल क्षेत्रमा भनेजति बजेट नआए पनि अबको बजेटमा गुनासो सम्बोधन हुने उनले विश्वास दिलाए । सन् २०२१ भित्र कोरोना महामारीलाई देशमा पूर्ण नियन्त्रण गर्ने र अब बजेट पनि बढ्ने खेलकुदमा सरकारको प्राथमिकता पनि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव नभएको बताए । ‘राष्ट्रिय युद्ध जितेका, इतिहासमा कसैले पराजित गर्न नसकेका हामी भकुण्डो खेल्ने (फुटबल) र बल फ्याँक्ने (क्रिकेट) खेलमा के हार्थ्यौ ?’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालीलाई धेरै उचाईसम्म हाई अल्टिट्युड लाग्दैन । हाम्रो भूगोल यस्तो छ कि त्यस्तो ठाउँमा दौडिएको फोक्सो निकै बलियो छ, मुटुलाई धड्किन बानी परेको छ । हाम्रा मसलहरु बलिया छन् ।’

उनले खेलमा जित हारको ठूलो महत्व हुने भएकाले खेलाडी छनोटमा विभेद नगर्न पनि निर्देशन दिए । ‘खेलाडीको सम्भावना हेरेर उसलाई छनोट गरि तयारी गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु