गृहपृष्ठ कोभिड-१९ ले विश्वव्यापी रूपमा भोकमरी बढायो : विश्व बैंक

कोभिड-१९ ले विश्वव्यापी रूपमा भोकमरी बढायो : विश्व बैंक

World Bank_NewsKarobar

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोभिड-१९ महामारीले विश्वव्यापी रूपमा उच्च मूल्यवृद्धि हुँदा त्यसले विश्वभरिकै सबैभन्दा गरिब वर्गका लागि जोखिम सिर्जना गरेको बताएका छन् । बैंकका अनुसार विश्व बैंकद्वारा मापन गरिएको खाद्य मूल्य सूचकांकअनुसार मापन गत वर्ष विश्वव्यापी खाद्य मूल्य औसत १४ प्रतिशतले बढेको छ ।

बैंकले विश्वका ४५ देशमा आवधिक रूपमा गरेको फोन सर्वेक्षणबाट उल्लेखनीय संख्याका मानिसहरू खाद्यान्नको अभाव झेल्न बाध्य वा आफ्नो उपभोगलाई घटाउने बाध्य भएको देखाएको अध्यक्ष मालपासले उल्लेख गरेका छन् ।

गत वर्ष कोभिडका कारण करिब १५ करोड मानिसहरूलाई चरम गरिबीमा धकेलिएको भन्दै उनले महामारीले स्वास्थ्य र आर्थिक प्रभाव विनाशकारी पारेको र यही कारणले भोकमरीमा वृद्धि भएको जनाएका छन् ।

‘आय गुमाउनुका परिणामस्वरुप मानिसको गोजीमा खाद्यान्न किन्नको लागि बजारमा कम पैसा रहन पुग्यो, जबकी बजार र आपूर्ति अवरोधले स्थानीय स्तरमा अभाव र उच्च मूल्य सिर्जना गरेको छ, विशेष गरी छिटै बिग्रने खानाको लागि अभाव र मूल्यवृद्धि अनुभव गरिएको छ,’ बैंकका अध्यक्ष मालपासले भनेका छन्,- ‘पौष्टिक खानामा यस किसिमक कम पहुँचले आगामी वर्षाहरूमा कोभिड-युगका बच्चाहरूको स्वास्थ्य र ज्ञानात्मक विकासमा नकारात्मक असर पार्छ ।’

उनले एक लेखमार्फत कृत्रिम अभाव र मूल्यवृद्धिबाट बच्नका लागि खाना र अन्य आवश्यक वस्तुहरूको सीमापार रूपमा स्वतन्त्र प्रवाहमा जोड दिन आह्वान गर्दै खाद्यान्न र अन्य आवश्यक वस्तु सहज उपलब्ध नहुने गरि दुर्लभ पार्ने वा अत्याधिक महँगो बनाउने गरि लगायने निर्यात प्रतिबन्ध वा सीमा अवरोधबाट सतर्क हुनुपर्नेमा जोड दिए ।

यस्ता खाद्य सुरक्षा संकटबाट बचाउनका लागि सामाजिक सुरक्षा छाता विस्तार गर्नुपर्ने मा जोड दिँदै मालपासले बिस्तारित स्वास्थ्य र आर्थिक संकटमा परेका परिवारहरूका लागि छोटो अवधिको सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन पनि भनेका छन् ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु