गृहपृष्ठ यसरी गर्नुस् नयाँ नोटको सुरक्षा
यसरी गर्नुस् नयाँ नोटको सुरक्षा
यस वर्षको दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरबको नयाँ नोट निष्काशन गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकलाई असोज १२ गते दिइएको थियो । सर्वसाधारण नागरिकले भने असोज २१ गतेबाट नयाँ नोट साट्न पाएका छन् ।
सर्वसाधरणले ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्ने व्यवस्था रहेको छ । काठमाडौं उपत्यकाको नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर गरी झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले साट्न पाउने छन् ।
उपत्यकाबाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने सकिने छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंको बेला नयाँ नोट सटही गर्ने गरेको छ ।
नयाँ नोट वितरण प्रणाली सहज भएको राष्ट्र बैंकका ऋण तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । उनका अनुसार नयाँ नोटको जतन गर्न नोटमा रङ नलगाउने केरकार नगर्ने, फोहोर र चिसो हातले नोट नछुने, नोटलाई क्याच्याकुचु नपार्ने, शरीरको पसिनाले भिज्ने गरी गोजीमा नराख्ने, पर्समा राख्दा पनि पट्यार नराखी सिधा बनाएर राख्ने गर्नु पर्दछ ।
प्रकाशित समय १८:५७ बजे

















