गृहपृष्ठ श्रष्टा बुद्धिकृष्ण लामिछानेलाई २५ हजार नगद

श्रष्टा बुद्धिकृष्ण लामिछानेलाई २५ हजार नगद

अग्रज लोक श्रष्टा बुद्धिकृष्ण लामिछानेलाई २५ हजार नगद सम्मान सहित सांस्कृतिक कार्यक्रम सोमबार साँझ इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा सम्पन्न भएको छ । ललितपुर एक्सन फर सोसल चेन्ज बेवारिसे व्यवस्थापन तथा पुनर्जीन केन्द्रले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान सम्मान साथै सहयोगात्मक साँस्कृतिक साँझ २०७५ सम्पन्न गरेको छ ।

सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उदेश्यले समाजसेवी बिनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बाआमा घर’को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो । आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिए ।

दसैं नजिकदै गरेको भए तापनि अपेक्षा गरेको भन्दा बढी मानिस उपस्थित थिए । उनले भने, ‘यो कार्यक्रम सामाजिक अभियानको लागि सबैजना एकजुट हुनुपर्छ भन्ने अभियान र सन्देश थियो, अभियानमा एकजुट हुनुपर्छ भनेर सबै अतिथीको उपस्थिती रह्यो ।’ कार्यक्रममा लागुपदार्थ बिरुद्ध जनचेतनामुलक डकुमेन्ट्री ुनदेखिएका आँशुुको प्रोमो समेत सार्वजनिक गरिएको थियो ।

बेवारिसेहरुको व्यवस्थापन तथा ससम्मान सद्गत गरी समाजसेवाको क्षेत्रमा नौलो आयाम अन्तर्गत उनले गरेको कामको खुलेर तारिफ गरे । विगत र वर्तमानझैँ आगामी दिनमा पनि बस्नेतको अभियानमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउदै उनले सबैलाई अभियानमा एकजुट हुन आग्रह गरे ।

 

याे पनि पढ्नुहाेस् ।

राज्यले भुलेको एउटा ‘गहना’, ‘मलाई मर्न मन छैन, अझै केही गर्न मन छ

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु