गृहपृष्ठ प्रदेश प्रमुखले सोधे- विराटनगर कहिले नमुना सहर बन्छ ?

प्रदेश प्रमुखले सोधे- विराटनगर कहिले नमुना सहर बन्छ ?

महानगर प्रमुख पराजुली भन्छन्– विराटनगर विकासको बाटोमा लम्किसक्यो

bhim-parajuli-pradesh-pramukh-newskarobar

विकास र समृद्धिका आशा-अपेक्षा र सरकारको काम-कारबाहीबारे देशभर चर्चा भइरहेका बेला प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले पनि विराटनगरमा भइरहेका विकास निर्माणका काममा चासो देखाएका छन् । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहीबार आफ्नै कार्यालयमा बोलाएर प्रदेश प्रमुख तुम्बाहाङले महानगरका काम-कारबाहीबारे जानकारी लिएका हुन् ।

महानगर प्रमुख पराजुलीसँग उनले विराटनगर कहिले नमुना सहर बन्छ ? भनेर सोधेका छन् । विराटनगर अस्थायी राजधानी र ऐतिहासिक सहर भएको भन्दै यसलाई नमुना सहर बनाउने गरी काम अघि बढाउन प्रदेश प्रमुखले नगर प्रमुख पराजुलीलार्इ सुझाव दिएका छन् ।

जवाफमा नगर प्रमुख पराजुलीले विराटनगर विकासको बाटोमा लम्किसकेको जानकारी गराएका छन् । विराटनगर महानगरभित्र भ्यु टावर, विराट राजाको दरबार, ४०० किमी सडक कालोपत्रे, वैकल्पिक मार्ग विस्तार, स्वच्छ खानेपानीका लागि जाइकासँगको सहकार्य, खेलमैदान निर्माणलगायत काम तीव्र गतिमा अगाडि बढिरहेकोबारे प्रदेश प्रमुखलार्इ अवगत गराएको नगर प्रमुख पराजुलीले जानकारी दिए ।

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु