गृहपृष्ठ भृकुटीमण्डपमा चेम्बर एक्सपो सुरू

भृकुटीमण्डपमा चेम्बर एक्सपो सुरू

chamber-expo-newskarobar

राजधानीको भृकुटीमण्डप चेम्बर एक्स्पो सुरु भएको छ । नेपालको अर्थतन्त्रलाई उकास्दै सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

म्यानमारका राज्य सल्लाहकार आङ साङ सुकीले नेपाल चेम्बर एक्स्पो २०१८ ले नेपाल र म्यानमारका साथै एक्स्पोमा सहभागी नौवटा देशबीचको व्यापारिक सम्बन्ध र जनसम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताइन् । म्यानमार र नेपालबीच दुईपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझै बलियो बनाउन उपक्षेत्रीय तहमा गरिने सहकार्य महत्वपूर्ण हुने उनको भनाइ छ । त्यसका लागि नेपाल र म्यानमारले उपक्षेत्रीय मञ्चलाई दुईपक्षीय हितमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

समृद्धिका लागि बहुपक्षीय कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, अधिकारको सुनिश्चिततासहितको राजनीतिक स्थिरता र दिगो विकासलाई केन्द्र बनाएर गरिने यस्ता एक्स्पोले बहुपक्षीय व्यापारिक सहकार्यलाई बलियो बनाउने नेतृ सुकीको विश्वास छ ।

कार्यक्रमका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उत्तारचढावको शृंखला पार गरी देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए । ‘निजी व्यवसायीको पुँजी र सरकारको लगानी एक ठाउँमा ल्याएर गरिने विकासले समृद्धिको ढोका खोल्नेछ,’ उनले भने । नेपालमा स्थिर सरकार बनेको र लगानीका लागि सरकारले उचित वातावरण निर्माण गरेकोले नेपालमा निर्धक्कका साथ लगानी गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले म्यानमारकी नेतृ आङ साङ सुकीको उपस्थितिले नेपालको व्यवसायी जगतमा प्रेरणा पैदा भएको बताए । एक्सपोमा नेपाल, बंगलादेश, चीन, भारत, जापान, कोरिया, मलेसिया, म्यानमार, पाकिस्तान र थाइल्यान्डका गरी १९० वटा स्टल छन् ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु