गृहपृष्ठ कुलमान घिसिङलाई इपानको सम्मान

कुलमान घिसिङलाई इपानको सम्मान

kulman-ghishing-newskarobar

निजी क्षेत्रका उर्जा उत्पादकहरूको संस्था इपानले नेपाल विद्युप प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ ।

इपानले उज्यालो नेपालका लागि योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि सुरू हिमालय हाइड्रो एक्स्पो २०१९ मा कार्यकारी निर्देशक घिसिङलाई इपानले सम्मानपत्र प्रदान गरेको छ ।

चर्को लोडसेडिङ भोगीरहेको अवस्थामा घिसिङ कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङ अन्त्य गराउन सफल भएका थिए । सोही कारण सम्मानित भएका उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गरे ।

त्यतिमात्र नभई वार्षिक ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणलाई घिसिङले खुद नाफा कमाउने अवस्थामा पुर्याएका छन् । त्यस्तै विद्युत चुहावट नियन्त्रण, विद्युत चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट नियन्त्रण जस्ता घिसिले गरेका उल्लेख सुधारहरू हुन् ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु