गृहपृष्ठ मिनेन्द्र रिजाललाई प्रधानमन्त्रीको जबाफ- पूर्वाग्रह राखेका छैनौं
मिनेन्द्र रिजाललाई प्रधानमन्त्रीको जबाफ- पूर्वाग्रह राखेका छैनौं
फाइल तस्बिर
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चल्दै थियो । त्यसैक्रममा सभामुख कृष्णबहादुर महाराले नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाललाई प्रश्न गर्न संकेत गर्दै समय दिए- माननीय मिनेन्द्र रिजाल ज्यू ।
सभामुखबाट प्रश्न गर्न अनुमति पाएपछि रिजालले रोष्टममा उभिएका प्रधानमन्त्रीलाई सोधे- नाम मन नपरेर हो कि के हो जीपी कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई विघटनको दोसाँधमा पुर्याइएको ?
रिजालको प्रश्न सकिएलगत्तै सभामुख महराले उत्तरका लागि प्रधानमन्त्रीलाई समय दिँदै भने- सम्माननीय प्रधानमन्त्री ज्यू ।
सभामुखबाट उत्तर दिने समय पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूका नाममा खोल्ने भनिएका अस्पतालमा सरकारले कुनै पूर्वाग्रह नराखेको स्पष्टीकरण दिए । उनले नेताहरूको नाममा खोलिएका अस्पतालहरूलाई यथास्थितिमा राख्न नचाहेको बताए ।
बरू आफूले गिरिजा प्रसाद कोइरालाको नाममा खोल्ने भनिएको अस्पतालमा स्वास प्रश्वास केन्द्रमात्र नचल्ने भएका कारण त्यसलाई व्यवस्थित गर्ने र बजेटको व्यवस्थापनका सम्बन्धमा कांग्रेस नेताहरूसँग छलपफल गरिरहेको बताए ।
संसदमा प्रश्नोत्तर जारी छ ।
प्रकाशित समय १३:११ बजे

















