गृहपृष्ठ स्थापना दिवसमा प्रदेश-५ को सार्वजनिक विदादेखि दिपावली सम्मको कार्यक्रम

स्थापना दिवसमा प्रदेश-५ को सार्वजनिक विदादेखि दिपावली सम्मको कार्यक्रम

pradesh-5-newskarobar फाइल तस्बिर

प्रदेश-५ ले स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । प्रदेशले फागुन २ गते  देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो ।

आन्तरिम मामिला तथा कानुन मन्त्रालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्थापना दिवसको अवसरमा गरिँने कार्क्रमका बारेमा जानकारी दिएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुल बहादुर केसीले दिएको जानकारी अनुसार फागुन २ गते प्रदेशका ६ वटा मुख्य मुख्य स्थानको राजमार्गमा सरसफाई कार्यक्रम गरिने छ । यस्तै प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा प्रदेश सकरले गरेको छ ।

फागुन २ गते हुने राजमार्ग सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बुटलको ट्राफिका चोकबाट,  आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी कोहलपुर चोक बाँकेबाट, भौतिक विकासमन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी भुरिगाउँ, बर्दियबाट,  सामाजिक विकासमन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी हुनेछन् ।

सरसफाई कार्यक्रममा राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकाय एवम शिक्षण संस्थाहरुलाई समेत परिचालन गर्ने प्रदेश सरकारको तयारी छ ।

सरसफाई कार्यलाई कम्तिमा मासिक रुपमा भए पनि गर्ने गरी स्थानीय तह, आमा समूह, समुदाय, क्लबलाई अनुरोध गर्ने प्रदेश सरकारले योजना बनाएको उनले जानकारी दिए ।

यस्तै राजमार्गलाई खुला दिशामुक्त क्षेत्र गराउनका लागि विशेषतः वन जंगल क्षेत्रमा आवश्यक देखिएको स्थानमा पुरूष र महिलाका लागि अलग अलग शौचालय निमार्ण गर्न सोही दिन शिलान्यास गराउने समेत निर्णय गरिरएको छ । सोही दिन नै प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान गर्ने र सोको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने भएको छ ।

फागुन ३ गते बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा जम्मा भई त्यहाँबाट बिहान ८:०० बजे र्याली सुरु हुनेछ । बुटवल मण्डपमा आयोजना हुने मूल समारोहमा  प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै फागुन ४ गते प्रदेशभित्रका मेडिकल कलेज र सामुदायिक तथा नीजी अस्पतालहरु लगायत सबै स्वास्थ्य संस्थालाई बीचमा उपयुक्त दिन र समयमा सकभर दुर्गम र विकट स्थानमा रहेका जनतालाई  लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिने भएको छ । प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली गरिने भएको छ ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु