गृहपृष्ठ रेडियो नेपालका लेखाअधिकृतले खाइदिए कल्याण कोषका पैसा

रेडियो नेपालका लेखाअधिकृतले खाइदिए कल्याण कोषका पैसा

अख्तियारद्वारा मुद्दा दायर

Radio_Nepal_NewsKarobar

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सिंहदरबार काठमाडौंका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले कर्मचारी कल्याण कोषबाट झन्डै साढे सात लाख  हिनामिना गरेका छन् । उनले रेडियोका चार जना कर्मचारीका ४ लाख ३० हजार र कोषबाट सापटी भनेर थप  २ लाख ३० हजार रूपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महतराले रेडियो नेपालको आर्थिक महाशाखाअन्तर्गत कर्मचारी कल्याण कोषको समेत जिम्मेवारी लिएका थिए । उनले रेडियोका अन्य छ जना कर्मचारीहरूको नाममा सापटी रकम स्वीकृत भएपछि उनीहरूको चेक आफै बैंकमा भजाई कर्मचारीहरूको ४ लाख ३० हजार आफूले नै खाएको र रेडियो प्रसार सेवा विकास समितिको रकमसमेत सापटी भनेर लिने कर्मचारी कल्याणकोषबाट रू.२ लाख ३१ हजार ७१८ रूपैयाँ हिनामिना गरेका अख्तियारले जनाएको छ ।

त्यो रकमको ब्याजसमेत ७ लाख ४० हजार ५२५ रूपैयाँको बिगो रेडियो प्रसार सेवा विकास समिति कर्मचारी कल्याण कोषलाई दिलाई भराउन समेतको मागदाबी राखेर अख्तियारले मुद्दा दायर गरेको हो । महतरामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजायको समेत माग गरिएको छ ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु