गृहपृष्ठ नेप्सेमा ६ अंकको वृद्धि, ८६ कम्पनीको मूल्य बढ्यो
नेप्सेमा ६ अंकको वृद्धि, ८६ कम्पनीको मूल्य बढ्यो
सेयर बजार परिसूचक नेप्से सोमबार ६ अंकले बढेको छ । नेप्सेमा सूचीकृत उत्पादनमूलक र अन्यबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ६.४३ अंकले बढेको हो । आइतबार नेप्से करिब १ अंकले घटेको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १७१ कम्पनीको १२ लाख ६५ हजार ६६२ कित्ता सेयर ३५ करोड २८ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारका तुलनामा करिब ९ करोड धेरै हो । आइतबार २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
सोमबार १७१ कम्पनीको सेयर किनबेच हुँदा ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बढेको बजारमा नेसनल माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रोपावर, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्सलगायत कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको हो ।
प्रकाशित समय १७:०१ बजे

















