गृहपृष्ठ तीन दिनमा ७१ अंक बढ्यो नेप्से, मंगलबार २३ कम्पनीको मूल्यमा सर्किट
तीन दिनमा ७१ अंक बढ्यो नेप्से, मंगलबार २३ कम्पनीको मूल्यमा सर्किट
सेयर बजार परिसूचक नेप्से तीन दिनमै ७१ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार ९, दोस्रो दिन ३३ र तेस्रो दिन करिब ३८ अंकले नेप्से उकालो लागेको हो ।
नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि मंगलबार ३७.९३ अंकले बढेर नेप्से १३३६.६६ अंकमा उक्लिएको छ । बुधबार २३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । प्रुडेन्सियल इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल सेवा लघुवित्त र ओरियन्टल होटलको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त, सोल्टी होटल, युनाइटेड इन्स्योरेन्स कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स, समृद्धि फाइनान्स कम्पनी, नेरुडे लघुवित्त, आरएसडीसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
कुल १७८ कम्पनीको कारोबार हुँदा १४९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सामान्य उतारचढावबीच उकालो लागेको बजारमा कारोबार अवधिमा २८ लाख ८३ हजार ९४८ कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख रूपैयाँ बराबरमा किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा २९ करोड बढी हो ।
मंगलबार सबैभन्दा बढी होटल समूह ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बिमा ६.३२, व्यापार ४.१८, अन्य ३.७३, लघुवित्त ३.५३ र वित्त समूह ३.०२ अंकले उकालो लागेका छन् ।
प्रकाशित समय १६:०९ बजे


















