गृहपृष्ठ सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न कार्यदलको सिफारिस

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न कार्यदलको सिफारिस

समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टीद्वारा गठित कार्यदलले सिफारिस गरेको छ । संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको भन्दै कार्यदलले नेतृ गिरीलाई सांसदबाट निष्कासन गर्न सिफारिस गरेको हो ।

कार्यदलले छानविन प्रतिवेदन पार्टीलाई बुझाएको छ । कार्यदलको सिफारिसबारे निर्णय गर्न मंगलबार नै समाजवादी पार्टी पदाधिकारीको बैठक संसदीय दलको बैठक सिंहदरबारमा बस्ने भएको छ ।

सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले उनलाई सो प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

छानविन गर्न समाजवादी पार्टीले महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु