गृहपृष्ठ बढ्यो नेप्से, १ अर्ब ३२ करोडको कारोबार
बढ्यो नेप्से, १ अर्ब ३२ करोडको कारोबार
सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन बिहीबार बढेको छ । आइतबार ८४ अंकले बढेर तीन दिन लगातार घटेको बजार आज बढेको हो । बिहीबार विकास बैंक र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १०.१३ अंकले बढेर १४४२.६१ अंकमा उक्लिएको छ ।
बिहीबार १८७ कम्पनीको ३३ लाख ९२ हजार ६९६ कित्ता सेयर १ अर्ब ३२ लाख ७१ हजार रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा केही कम हो । बुधबार १ अर्ब ५३ करोड २५ लाख रूपैयाँको कारोबार भएको थियो ।
तारागाउँ रिजेन्सी र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओरियन्टल होलट, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा अधिकले बढेको छ । बिहीबार सर्वाधिक नेपाल रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३२ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।
प्रकाशित समय १५:२६ बजे

















