गृहपृष्ठ अर्थतन्त्र ठप्प हुँदा पनि नेप्सेमा छायो हरियाली, २१ अंकको वृद्धि, २ अर्बमाथिको कारोबार
अर्थतन्त्र ठप्प हुँदा पनि नेप्सेमा छायो हरियाली, २१ अंकको वृद्धि, २ अर्बमाथिको कारोबार
सेयर बजार परिसूचक नेप्से २१ अंकले बढ्दा सोमबार २ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा सूचीकृत होटलबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से २१.२६ अंकले बढेर १४३१.६ अंकमा उक्लिएको हो ।
सोमबार १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता सेयर २ अर्ब १३ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा एक अर्बभन्दा बढी हो । आइतबार १ अर्ब १० करोडको सेयर किनबेच भएको थियो ।
सोमबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ६०, नेको इन्स्योरेन्स कम्पनीको करिब १३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १८ लाख र ग्लोबल आइएमईको ११ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, आरएमडीसी लघुवित्त, घलेम्दी हाइड्रो, गणपति माइक्रोफाइनान्सलगायत छन् । नेप्से आइतबार पनि १२ अंकले बढेको थियो ।
प्रकाशित समय १६:५३ बजे

















