गृहपृष्ठ उपत्यकामा थप २२४ जनालाई कोरोना पुष्टि, देशभर ७४३ जना संक्रमित थपिए

उपत्यकामा थप २२४ जनालाई कोरोना पुष्टि, देशभर ७४३ जना संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो २४ घन्टाभित्र देशका विभिन्न जिल्लाका थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको जानकारी दिए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ । त्यसमध्ये  संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । १७५ जना साेमबार डिस्चार्ज भएका छन् ।अब निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ ।

संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका १, रुपन्देहीमा ४ , मोरङका १, सुनसरीका १  र पर्साका १ जना रहेका छन् । योसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ जुगेको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु