गृहपृष्ठ सेयरमा उछाल कायमै, नेप्सेमा २१ अंकको वृद्धि
सेयरमा उछाल कायमै, नेप्सेमा २१ अंकको वृद्धि

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अंकले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सात दिन थप गरेको भएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । कूल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रूपैयाँमा कारोबार भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर ओरालो लागेका छन् भने १० उपसमूहको सेयरमा भने वृद्धि भएको छ । व्यापार १.१३ र जीवन बिमा १७.९७ अंकले घटेको छ । बैंकिङ २२.९३, होटल ३.४, विकास बैंक २५.०४, जलविद्युत् ११.२५, वित्त १.२७, निर्जीवन बिमा ५१.६२, उत्पादन ७.३५, अन्य १७.२९, लघुवित्त ४१.१४ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।
स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल ३४ करोड ९२ लाख ५४ हजार ८२३ रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नेको इन्स्योरेन्स १३ करोड ७८ लाख ७७ हजार २४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १२ करोड ५२ लाख १० हजार ४८३, एनआइसी एशिया बैंक १० करोड ४० लाख ९६ हजारर ७६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको आठ करोड २९ लाख ८५ हजार ७६४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।
नेपाल फाइनान्स कम्पनी ७.४७, नेपाल पुनर्बिमा कम्पनी ५.९५, स्वाभिमान लघुवित्त ५.३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर ५.०४ र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स ९.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.९४, आँखु खोला जलविद्युत् कम्पनी ३.६४, अरुण काबेली हाइड्रोपावर ३.३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुुमाएका छन् ।
प्रकाशित समय १७:३९ बजे