गृहपृष्ठ देशभर ८८५ जना संक्रमित थपिए, उपत्यकामा ३०१
देशभर ८८५ जना संक्रमित थपिए, उपत्यकामा ३०१
थप ११ जनाको मृत्यु, मृतक संख्या १७५
नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ जना पुरुष हुन् ।
देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाभित्र ३ सय १ जनामा संक्रमण पुष्टि भएकाे छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र २ सय ३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३८५ जना काेराेनामुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ । यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अब १ सय ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५१ वर्षीय पुरुष, भक्तपुरमा ५३ वर्षीया महिला, मोरङमा ४६ वर्षीया महिला, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, बारामा ४१ र ४६ वर्षीय पुरुष तथा महोत्तरीमा ६०,७२ र ७५ वर्षीय वर्षीय पुरुषको मृत्यु भएको हाे ।
प्रकाशित समय १६:३० बजे

















