गृहपृष्ठ उर्लियो नेप्से, साढे ५ अर्बको कारोबार
उर्लियो नेप्से, साढे ५ अर्बको कारोबार

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले मंगलबार नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बिमा, जीवन बिमा र उत्पादन उपसमूहका कम्पनीको सेयरमा उच्च अंकले वृद्धि भएपछि नेप्से परिसूचकले १८०० को अंक पार गरेको हो ।
आइतबार र सोमबारमात्रै झन्डै १२ अर्ब बराबरको कारोबार भएको बजारमा आज पनि ५ अर्ब ४४ करोडबराबरको सेयर किनबेच भएको छ । नेप्से आज २९ अंकले बढ्यो । होटलबाहेकका सबै समूह बढेपछि नेप्से २९.६८ अंकले उकालो लागेर १८१०.११ मा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ अंकले उकालो लागेर ३४९.३७ मा पुगेको छ । कुल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरिद-बिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको सेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको सेयर भने उकालो लागेको छ । होटल ३४.९२ अंकले ओरालो लागेको छ । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बिमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बिमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ अंकले उकालो लागेका छन् ।
कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ । एनआइसी एसिया बैंकको ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बिमा कम्पनी २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन् ।
कारोबार भएका कम्पनीमध्ये १२४ को सेयर उकालो लागेको छ भने ३५ कम्पनीको सेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए ।
यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।
प्रकाशित समय १६:२८ बजे