गृहपृष्ठ हालसम्मकै उच्च रकमको आईपीओ जारी गर्दै पूर्वाधार विकास बैँक
हालसम्मकै उच्च रकमको आईपीओ जारी गर्दै पूर्वाधार विकास बैँक
नेपाल पूर्वाधार विकास बैँकले हालसम्मकै उच्च रकमको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बैँकले प्रतिकित्ता १०० रुपैयाँ दरका ८ करोड कित्ता सेयर निष्कासनका लागि आवेदन दिएकोमा बोर्डले शुक्रबार अनुमति दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ ।
ठूला पूर्वाधार र अन्य क्षेत्रमा ठूलो लगानी जुटाउन सरकारले २०७५ फागुनमा पूर्वाधार विकास बैँकको स्थापना गरेको हो । यातायात, ठूला पुल, सडक, विमानस्थलगायतका पूर्वाधारका क्षेत्रसहित कृषि, ऊर्जा, पर्यटन, सहरी पूर्वाधारजस्ता ठूला लगानीका क्षेत्रमा कम्पनीले लगानी गर्नेछ ।
बैँकको अधिकृत पुँजी ४० अर्ब छ भने २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी छ । सार्वजनिक निजी-साझेदारी मोडलमा स्थापना भएको यो बैँकमा सरकारको १० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत लगानी हुनेछ । त्यस्तै वाणिज्य बैँकहरूको २०.८९ प्रतिशत, बिमा कम्पनीको १८.९७ प्रतिशत, सार्वजनिक कम्पनीको ५.१५ प्रतिशत र निजी कम्पनीको ४.९९ प्रतिशत सेयर रहनेछ ।
प्रकाशित समय १२:५४ बजे

















