गृहपृष्ठ सेयर बजार सामान्य घट्यो, सात कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

सेयर बजार सामान्य घट्यो, सात कम्पनीको मूल्य ९ प्रतिशत बढ्यो

सेयर बजार परिसूचक नेप्से ३ अंकले घटेको छ । विकास बैँक, जलविद्युत र निर्जीवन बिमाबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा झरेको हो ।

मंगलबार २०६ कम्पनीको १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६३ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा कम हो । सोमबार ५ अर्ब ९६ करोडको सेयर कारोबार भएको थियो ।

बजार घट्दा पनि सात कम्पनीका लगानीकर्ताको सम्पत्ति ९ प्रतिशतभन्दा धेरैले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैँक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

मंगलबार सर्वाधिक शिखर इन्स्योरेन्सको ६९ करोडको सेयर कारोबार भएको छ । कम्पनीले सोमबार २९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यस्तै नेपाल लाइफ २५ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनी २५ करोड र नेपाल इन्भेस्टमेन्ट बैँक २० करोडको सेयर कारोबार भएको छ ।

आइतबार ८८ अंकले बढेको बजार सोमबार पनि ६ अंकले घटेको थियो । अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेका कारण बजार घटेको सेयर विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु