गृहपृष्ठ नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड

नेपाल इन्फ्रास्ट्रक्चर बैँकको आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बिहान १० बजे आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले मागेजति सेयर पाएका छन् । त्यस्तै ६० कित्ता वा सोभन्दा बढी माग गर्ने ४ लाख ९२ हजार ७२० आवेदकले १० कित्ता थप सेयर पाएको बिक्री प्रबन्धकले एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार ५० कित्तासम्म माग गर्नेले माग गरेअनुसार नै र ६० कित्ता वा सोभन्दा बढी माग गर्ने ११ लाख आवेदकमध्ये करिब ५ लाखले थप १० कित्ता सेयर पाएका हुन् ।

कम्पनीको आईपीओमा १० कित्ताका लागि ३४ हजार ३० आवेदकले, २० कित्ताका लागि २९ हजार ८५४ जना आवेदकले, ३० कित्ताका लागि २० हजार २४८ आवेदकले, ४० कित्ताका लागि १६ हजार ९३४ आवेदकले र ५० कित्ताका लागि १ लाख ७९ हजार ९३८ आवेदकले आवेदन दिएका थिए । ५० कित्तासम्मका सबै आवेदकलाई मागेजति सेयर दिएर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिने ११ लाख ९४ हजार चार आवेदक मध्येबाट गोलाप्रथाले ४ लाख ९२ हजार ७२ जना आवेदकलाई थप १० कित्ताको दरले बाँडफाँड भएको छ ।

बैंकले माघ २ गतेदेखि ८ गतेसम्म ८ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेकोमा ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको थियो । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ३२५ वटा १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको थियो । तीमध्ये १४ लाख ७५ हजार ८ जना आवेदकको आवेदन सदर भएको थियो ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु