गृहपृष्ठ साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से

साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । मेच्युअल फन्टबाहेक सबै उप-समूहहरूमा रताम्ये देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३३.३३ अंकले घटेर दुई हजार ४९३.५९ अंकमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.३१ बिन्दुले घटेर ४५४.१२ मा ओर्लेको छ ।

कूल २०२ कम्पनीको एक करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार रूपैयाँमा कारोबार भएको छ । कारोबार भएकामध्ये एउटै उपसमूहको मेचुअल फन्ट उकालो लाग्दा बाँकी ११ उपसमूहको सेयर भने ओरालो लागेको छ । अइतबार बैंकिङ २०.७१, विकास बैंक १०.७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । यस्तै व्यापार २३.७६, होटल २५.७२, जलविद्युत् २३.०५, वित्त ११.१८, निर्जीवन बीमा ७७.३५, उत्पादन ४४.६७, अन्य ४५.२९, लघुवित्त ७८.८ र जीवन बीमा २३३.१८ बिन्दुले घटेको छ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु