गृहपृष्ठ प्रचण्ड-नेपाल पक्षले घोषणा गर्यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका
प्रचण्ड-नेपाल पक्षले घोषणा गर्यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका

नेपाल कम्युनिष्ट नेकपा प्रचण्ड-नेपाल पक्षले सरकारविरूद्ध चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपाले आज पार्टी पेरिसडाँडास्थित मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलन घोषणा गरेको हो ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए । फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम गर्ने, ६ फागुनमा प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङलत्रले टुँडिखेल घेर्ने, ९ फागुनमा उपत्यकासहित ७७ वटै जिल्लामा महिलाहरूको प्रदर्शन गर्ने तालिका रहेको संयोजक श्रेष्ठले बताए ।
उनका अनुसार १२ फागुनमा चितवन र २१ फागुनमा दाङमा बृहत् विरोधसभाका कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै ठूला विरोधसभा जनकपुर र नेपालगञ्जमा गर्ने निर्णय भएको छ । तर, त्यसका लागि विरोध सभाको दिन भने तय भएको छैन । १४ फागुनमा काठमाडौंमा बृहत् युवा र्याली र १५ फागुनमा भने किसान र सुकुम्बासी मोर्चाको कार्यक्रम गर्ने नेकपाले तय गरेको छ ।
प्रकाशित समय १५:१५ बजे