गृहपृष्ठ सेयर बजार ५२ अंकले बढ्यो

सेयर बजार ५२ अंकले बढ्यो

nepse-wednesday-newskarobar

साताको चार दिनमै सेयर बजार ५२ अंकले उकालो लागेको छ । आइतबार ८.५९, सोमबार १५.९८, मंगलबार ३.९८ र बुधबार २३.८९ अंकले सेयर बजार बढेको हो ।

सेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आइतबार ३० करोडको सेयर किनबेच भएको बजारमा सोमबार ५४ करोड र मंगलबार ५२ करोडको सेयर कारोबार भएको थियो । बुधबार १६७ कम्पनीको ७१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार १७ लाख कित्ता सेयर किनबेच भएकोमा बुधबार उल्लेख्य वृद्धि भई २३ लाख ८१ हजार ६५० कित्ता सेयर किनबेच भएको छ ।
बुधबार व्यापार र उत्पादनमूलकबाहेक सबै समूह उकालो लागेका छन् । बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा र लघुवित्तको सेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ । बढेको बजारमा काबेली विकास बैंक र हिमालयन पावर पार्टनरका लगानीकर्ताको सम्पत्ति ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स र कुमारी बैंकका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढी र रैराङ हाइड्रोपावर, युनाइटेड इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी कमाएका छन् ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु