गृहपृष्ठ गच्छदार कांग्रेसकाे उपसभापतिमा मनोनित
गच्छदार कांग्रेसकाे उपसभापतिमा मनोनित
महासमिति बैठक सर्यो
नेपाली कांग्रेसले विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट आएका गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
कांग्रेस र तत्कालिन फोरमका भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको छ । त्यस्तै बैठकले महासमिति बैठकको मिति पनि सारेको छ । महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।तिहार, छठलगायतका चाडपर्वका कारणा महासमिति बैठकको मिति सारिएको कांग्रेसले जनाएको छ ।
प्रकाशित समय १६:४१ बजे
















