गृहपृष्ठ सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षा दिनुपर्छ : अध्यक्ष पुरी

सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षा दिनुपर्छ : अध्यक्ष पुरी

pabson-newskarobar

निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको ‘प्याब्सन आँगन’ प्रतियोगिताको विराटनगरमा शनिबार भएको अडिसन राउन्डको उद्घाटन सत्रमा पुरीले विश्व सामुदायसँग प्रतिस्पर्धा गर्न संस्कारसहितको प्रविधिमैत्री शिक्षाको आवश्यकता औंल्याएका हुन् ।

अहिलेको युग प्रविधिको भएकाले शिक्षालाई प्रविधिमा जोड्न सकिएन भने अपूर्ण हुने उनले बताए । कार्यक्रममा प्याब्सनका विराटनगर नगर अध्यक्ष इन्द्र राईलगायतले कार्यक्रम विद्यार्थीभित्रको कला प्रस्फुटनमा सहयोगी हुने बताए ।

प्रकाशित समय ०६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु