गृहपृष्ठ विराटनगरलाई हरियाली बनाउने अभियानको सुरुवात
विराटनगरलाई हरियाली बनाउने अभियानको सुरुवात
चौतर्फी एकसाथ भइरहेको विकास निर्माणको कामले विराटनगर धुलाम्मे बनेको छ । धुवाँ, धुलोले आजित विराटनगरको पुष्पलालचोकबासीले भने आफ्नो चोकलाई हरियाली बनाउने अभियान सुरु गरेका छन् ।
नगरक्षेत्रको उत्तरी सिमानामा रहेको उक्त चोकलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन वृक्षारोपण अभियान सुरु गरिएको हो । वृक्षारोपणसँगै चोकबासीले सरसफाइका साथै चोकस्थित संरचनालाई रंगरोगन गरेर आकर्षक बनाउन थालेका हुन् ।
शनिबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको उपस्थितिमा स्थानीयले विभिन्न प्रजातिका ३६ वटा रुखबिरुवा रोपेर अभियान सुरु गरेका छन् । चोकको तीनतर्फ स्वामीका रुख रोपिएको छ भने सडकको बीचमा रहेका डिभाइडरमा अशोक र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन् ।
चोकलाई स्वच्छ र हराभरा बनाउन स्थानिय युवाहरु लागि परेको परिवर्तनकालागि हातेमालोका अध्यक्ष विनोद परियारले जानकारी दिए । कार्यक्रममा मेयर पराजुलीले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनले नगरक्षेत्रको विभिन्न ३४ वटा चोकलाई वाइफाई जोन बनाउन लागिएको समेत बताए ।
प्रकाशित समय ०६:०७ बजे

















