गृहपृष्ठ साताको अन्तिम दिन घट्यो नेप्से
साताको अन्तिम दिन घट्यो नेप्से
साताको अन्तिम दिन बिहीबार नेप्से सामान्य घटेको छ । निर्जीवन बिमा, उत्पादनमूलक र लघुवित्त समूह बढे पनि अन्य सबै समूह घटेपछि समग्र बजार परिसूचक २.३७ अंकले घटेर १२७२.४९ अंकमा झरेको छ ।
साताभरमा भने नेप्से करिब २४ अंकले बढेको छ । नेप्से आइतबार करिब १, सोमबार ५, मंगलबार ४, बुधबार १५ अंकले बढेको छ । नेप्से घटे पनि कारोबार रकममा भने खासै उतारचढाव आएको छैन । बिहीबार १५८ कम्पनीको ४१ करोड १३ लाखको सेयर किनबेच भएको छ । बुधबार ४२ करोड ६७ लाखको सेयर खरिद–बिक्री भएको थियो । बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा बढी ९.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रकाशित समय १७:१७ बजे

















