गृहपृष्ठ जुम्लाको चन्दननाथ नगरपालिकामा रेडियोबाट पढाइ
जुम्लाको चन्दननाथ नगरपालिकामा रेडियोबाट पढाइ
जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि अध्ययन अध्यापन सुरु गरेको छ । लकडाउनका कारण विद्यार्थीको पढाइ प्रभावित भएकाले सामुदायिक रेडियोबाट पढाउन थालिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने जानकारी दिइन् ।
जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको कक्षा सञ्चालनमा आएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।
जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जनाए । यहाँ कुल सामुदायिक विद्यालय १७० वटा छन् ।
प्रकाशित समय ०८:३९ बजे
















