गृहपृष्ठ कोरोना संक्रमितले भरियो अस्पताल

कोरोना संक्रमितले भरियो अस्पताल

रुपन्देहीको सदरमुकामस्थित कोरोना विशेष भीम अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ शय्याको सो अस्पतालमा अहिले संक्रमित भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।

कूल २७ शय्या रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर शय्या रहेको छ भने बाँकी साधारण शय्यामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप शय्याको आवश्यकता देखिएको छ ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना संक्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । सबै बिरामी पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए । संक्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् ।

अस्पतालको आइसोलेसन शय्या भरिएपछि आपतकालीन अवस्थामा आएका थप संक्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । (रासस)

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु