गृहपृष्ठ सुदूरपश्चिममा थप २ जनालाई कोरोना संक्रमण
सुदूरपश्चिममा थप २ जनालाई कोरोना संक्रमण
सुदूरपश्चिममा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनालाई कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १७ पुगेको छ।
प्रदेशकाे सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ संक्रमितहरू कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिका रहेका छन् । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै भारतबाट गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। उनका बुवामा पनि आईतबार कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कैलालीका संक्रमित भने जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन् । उनी पनि भारतबाट आएको खुलेको छ । सोही क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । हालसम्म ५ जना निको भएर घर फर्किसकेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय १६:३२ बजे
















